समय : ०५:२८ pm | बुधबार , चैत्र ४ गते २०८२

माण्डवीमा परिवर्तित पाठ्यक्रम बारे शिक्षकलाई तालिम

स्वर्गद्वारी अपडेट | असार १८ गते २०७९
अनुज पछाई,प्यूठान । जिल्लाको माण्डवी गाउँपालिकामा परिवर्तित पाठ्यक्रम प्रवोधिकरण सम्बन्धि तालिम सम्पन्न भएको छ । परिवर्ततीत पाठयक्रलाई सहज रुपमा अगाडी बढाएर शिक्षण सिकाइलाई प्रभावकारी र उपलब्धिमूलक बनाउनको लागी तालिम सञ्चालन गरिएको माण्डबी गाउपालिकाका शिक्षा शाखा प्रमुख तुल्सि कार्कीले बताइन । तालिममा सहभागीहरुलाई कक्षा ४,७,९ को परिमार्जित पाठ्यक्रमबारे जानकारी गराइएको थियो । कार्यक्रमको सहजीकरण प्यूठान नगरपालिकाका शिक्षा अधिकृत बासुदेव पंडित, झिमरुक गाउपालिकाका शिक्षा अधिकृत मोहन बुढा क्षेत्रीले गरेका थिए । शिक्षा विकास तथा समन्वय एकाई खलंगा प्यूठानको सहयोग र माण्डवी गाउपालिकाको आयोजनामा माण्डबी माध्यमिक विद्यालय नयाँगाउँमा भएको तालिममा पालिका भित्रका विद्यालयका ६५ जना शिक्षककको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्