समय : ०४:१० pm | बुधबार , चैत्र ४ गते २०८२

माण्डबीमा प्रक्यावको समिक्षा कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | असार १७ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानको माण्डबी गाउपालिकामा कोभिड १९ बाट प्रभाबित संकटासन्न ब्यक्तिहरुको आर्थिक उन्नशिलता प्रबद्र्दन परियोजना (प्रक्याव) को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको माण्डबी गाउपालिका र स्वर्गद्धारी नगरपालिकामा सञ्चालन गरिएको कार्यक्रमले कोभिड १९ बाट प्रभाबित संकटासन्न ब्यक्तिहरुको आर्थिक उन्नशिलता प्रबद्र्दन गर्ने कार्ये गर्दे आएको फुलबारी एसककृत ग्रामिण बिकास सस्था (फिर्डाे) नेपालका निर्देशक टिकाराम आचार्यले जानकारी दिए । कार्यक्रमले बिषेश गरि आर्थिक बिकास जीविकोपार्जन ,लैङगिक समानता ,स्थानिय सरकारको योजना निर्माण तथा रोजगारीमा बृद्धि लगाएतका क्षेत्रमा काम गर्ने गर्दछ । अस्ट्रेलियन सरकारको आर्थिक सहयोग आड्रा नेपाल प्यूठानले २०७८ सालदेखि २०८० सम्म कार्यक्रम सञ्चालन गर्ने छ । समिक्षा कार्यक्रममा माण्डबी गाउपालिकाका अध्यक्ष नमराज अधिकारी , फिर्डाे नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य , कार्यक्रम संयोजक मनोज बिक्रम जिसी , माण्डबी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजाल लगायतको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्