खाडलमा डुबेर चार बर्षिया बालिकाको मृत्यु
स्वर्गद्धारी अपडेट , प्यूठान । पुल निर्माणको लागि खनिएको खाडलमा परेर देउखुरीमा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो साढे १२ बजे गढवा गाउँपालिका( १ राङसिङ खोलामा पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
लमही नगरपालिका ८ बस्ने रिना रावतकी ४ वर्षीया छोरी रेश्मा रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
रेश्माको श्रीमान सोही गाउँपालिका स्थित अग्नी सिमेन्ट कम्पनीमा काम गर्दै आएको र श्रीमान भेट्न गएको समयमा आमा सँगै कपडा धुन र नुहाउन गएकी बालिकाको डुवेर मृत्यु भएको हो ।