समय : ०४:१३ pm | बुधबार , चैत्र ४ गते २०८२

सरुमारानीमा किसानलाई मौरी घार वितरण

स्वर्गद्वारी अपडेट | असार १६ गते २०७९
स्वर्गद्धारी अपडेट, प्युठान। जिल्लाको सरुमारानी गाउपालिकामा मौरीपालक किसानहरुलाई मौरीसहितका घार वितरण गरेको छ । बिहिबार १० जना मौरि पालक कृषकहरूलाई विकासे मौरि मेलिफेरा सहित २८ घार र आधुनिक खालि घार ११४ वटा गरि जम्मा १४२ घार बितरण गरिएको गाउँपालिकाका प्रबक्ता चिन्त सोमै मगरले जानकारी दिए। प्रबक्ता सोमैका अनुसार साना व्यावसायिक कृषि उत्पादन केन्द्र (मौरि पकेट) विकास निरन्तरता कार्यक्रम अन्तरगत मौरीका घार वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्मा र आर्थिक विकास समिति संयोजक मोहमद हलिमले संयुक्त रुपमा कृषकहरुलाई मौरी सहितका घार हस्तान्तरण गरेका थिए ।

यो पनि पढ्नुहोस्