समय : ०२:३१ pm | बुधबार , चैत्र ४ गते २०८२

गौमुखिमा रेडियो स्वर्गद्धारीले गर्याे आर्थिक क्षमता बिकास सम्बन्धि अन्तरक्रिया

स्वर्गद्वारी अपडेट | असार १५ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । महिलाहरुको आर्थिक क्षमता बिकास सम्बन्धि अनतरक्रिया कार्यक्रम गौमुखि गाउपालिकामा सम्पन्न भएको छ । रेडियो स्वर्गद्धारी ८८.४ मेगहर्जको आयोजना तथा गौमुखि गाउपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । ग्रामिण स्तरका महिलाहरुलाई चुलो चौको बाट माथी उठाएर आर्थिक उपार्जन संग जोडने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको रेडियोका स्टेशन म्यानेजर लव कुमार अधिकारीले बताएका छन । स्टेशन म्यानेजर अधिकारीका अनुसार यस प्रकारको कार्यक्रम जिल्लाका ३ पालिकामा सम्पन्न भएको छ । अन्य पालिकामा पनि निरन्तर सञ्चालन गरिने म्यानेजर अधिकारीको भनाई छ । कार्यक्रममा गौमुखि गाउपालिकाका ६० बढी महिलाहरुको सहभागीतामा आर्यआर्जन कसरी गर्न सकिन्छ, स्वरोजगार , ब्यबसाय , ब्यबसाय दर्ता प्रक्रिया लगायतको बिषयमा छलफल भएको थियो । कार्यक्रममा पालिका अध्यक्ष बिष्णु कुमार गीरी , उपाध्यक्ष महाबिर राना ,  प्रमुख प्रशासकिय अधिकृत लगायको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रशिक्षण प्रबक्ता निमा गीरी र रेडियो स्वर्गद्धारीका कार्यक्रम निर्देशक तथा समाचार प्रमुख अनुज पछाइले गरेका थिए ।

यो पनि पढ्नुहोस्