नौबहिनीको बजेट ६७ करोड ९६ लाख ४९ हजार
अनुज पछाई, प्यूठान । नौबहिनी गाउँपालिका प्यूठानले आर्थिक बर्ष २०७९÷८० को निति कार्यक्रम तथा बजेट गाउँ सभाबाट पारित गरेको छ । शुक्रबार भएको नौबहिनी गाउँपालिकाको १२ औ गाँउसभामा प्रस्तुत गरिएको बजेट अनुसार नौबहिनी गाउपालिकाले आव २०७९÷८० को लागी ६७ करोड ९६ लाख ४९ हजार रुपैया बराबरको बजेट लिएको छ ।
जहाँ संघिय सरकारबाट ४८ करोड ५० लाख,प्रदेश सरकारबाट ४ करोड ११ लाख ९७ हजार र गाउपालिकाको १ करोड ३५ लाख र सामाजिक सुरक्षा भत्तामा १४ करोड वजेट विनियोजन गरिएको छ ।
गाउपालिकाले एम्बुलेन्स खरिदका लागी २४ लाख छुटाएको छ ।








