प्यूठानमा छतबाट खसेर बालिका घाइते
स्वर्गद्धारी अपडेट,प्यूठान । प्यूठानको एक बिद्यालयको छतबाट खसेर बालिका घाइते भएकी छन । बुधबार (आज) प्यूठानको मरन्ठानामा रहेको बाल बिद्या माबीको छतबाट खसेर कक्षा ७ मा अध्यनरत १४ बर्षिया बालिका निरुता गीरी घाइते भएकी हुन ।
बालिका झिमरुक गाउपालिका ६ तोरबाङकी हुन । उनको अहिले जिल्लामा सामान्य उपचारपछि भैरहवा रेफर गरिएको छ ।








