अनुज पछाई ,प्यूठान । प्यूठान जिल्लाको प्यूठान नगरपालिकाका २ स्थानमा मधुमेह तथा उच्च रक्तचापको परीक्षण गरिएको छ । प्यूठान नगरपालिकाको जुम्रिकाडा र माझकोटमा सिविर नै सञ्चालन गरि मधुमेह तथा उच्च रक्तचापको परीक्षण गरिएको हो । स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा उक्त सिविर सञ्चालन गरिएको हो । सनिबार प्यूठानको माझकोटमा गरिएको परीक्षणमा २३२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
त्यस्तै सोमबार प्यूठानको जुम्रिकाडामा गरिएको परीक्षणमा ९८ जनाले सेवा लिएका छन । जसमध्य ६३ महिला र ३५ जना पुरुष रहेका छन । जुम्रिकाडामा १९ जना पुरुष र १३ जना महिलामा उच्च रक्तचाप देखिएको छ । त्यस्तै सम्भावित मधुमेहमा महिला ११ जना र पुरुष ९ जना रहेको स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुष्कल श्रेष्ठले जानकारी दिएका छन ।
त्यस्तै सविरमा सहभागीहरुलाई शारिरिक ब्यायाम गर्ने गर्नुहुन्छ की नाई ? भनेर सोध्दा ९९ प्रतिशतले ब्याया म नगर्ने बताएको उनले बताएका छन । त्यस्तै ५० प्रतिशतले मध्यपान गर्ने र करिब ४५ प्रतिशत सुर्तिजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । त्यस्तै जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार २ जनामा चिनीको मात्रा बढी देखिएको छ ।

उक्त स्थानमा बसोबास गर्ने २० बर्षमाथीका उमेर समूहलाई मधुमेह तथा उच्च रक्तचाप सम्बन्धि स्क्रिनिङ गर्न स्वास्थ्य जनसङख्या तथा परिवार कल्याण मन्त्रालयको निर्देशन बमोजिम प्यूठान नगरपालिकालाई हट स्पट क्षेत्र स्थान निर्धारण गरिए बमोजिम स्क्रिन सिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताएका छन ।