अनुज पछाई,प्यूठान । जिल्लाको स्वर्गद्धारी नगरपालिकाका कृषकहरुलाई आधुनिक कृषी औजार वितरण गरिएको छ । सनिबार एक कार्यक्रमको आयोजना गरि स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ ,७ र ८ का कृषकहरूलाई आधुनिक औजारहरू वितरण गरिएको हो ।
३१ जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर ,३० वटा इलेक्«िटकल स्पेयर र १ वटा रिपर (धान,गहु काटने मेसिन) वितरण गरिएको एकीकृत कृषि तथा पशुपंक्षी कार्यालय प्यूठानका कृषि स्नातक प्राबिधिक निर्मल सापकोटाले बताएका छन । प्राबिधिक सापकोटाका अनुसार मिनिटिलरमा १० एचपि र ७ एचपि वीतरण गरिएको छ ।

एकीकृत कृषि तथा पशुपंक्षी कार्यालय प्यूठानको आर्थिक सहयोग र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ को साना किसान कृषि सहकारी संस्थाको आयोजनामा आधुनिक औजार वितरण गरिएको हो ।
कार्यक्रमममा स्वर्गद्धारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारी ,उपप्रमुख मिनराज रानामगर र वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।