समय : ०१:०४ pm | बुधबार , चैत्र ४ गते २०८२

बरौलामा टि–२० क्रिकेट प्रतियोगीता हुने

स्वर्गद्वारी अपडेट | असार ६ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको ऐरावति गाउपालिका बरौलामा टि–२० क्रिकेट प्रतियोगीता हुने भएको छ । सेभेन स्टार बिकास केन्द्र बरौला प्यूठानको आयोजनामा प्रतियोगीता सञ्चालन गर्न लागिएको हो । प्रतियोगीता असार ८ गते बुधबार आयोजना हुदै छ । प्रतिगोगीतामा प्रथम हुने समूहलाई एउटा खसी प्रदान गरिने आयोजक सस्थाले जानकारी दिएको छ । कार्यक्रम चुनाटापुमा गरिने छ । प्रतियोगीतामा जिल्ला र जिल्ला बाहिरका गरि करिब १२ देखि १५ समूहबिचमा प्रतिस्प्रर्धा हुने अपेक्षा रहेको खेलका क्याप्टेन बिजय जिसीले बताएका छन ।

यो पनि पढ्नुहोस्