समय : ०५:४१ am | आइतबार , असार १३ गते २०८३

माण्डबीमा माओबादीको चुनाबी समिक्षा सम्पन्न

स्वर्गद्वारी अपडेट | असार ५ गते २०७९
अनुज पछाई , प्यूठान । बैशाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनको एक कार्यक्रम गरि नेकपा माओवादी केन्द्र माण्डवि गाउँपालिका सङ्गठन कमिटीले समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओबादी केन्द्र माण्डबी गाउपालिकाको पार्टी कार्यालय जस्पुरमा सम्पन्न भएको चुनाबी समीक्षा कार्यक्रममा प्रदेश कमिटी सचिव कृण्ण अधिकारी (प्रकाश) को प्रमुख आतिथ्यता रहेको थियो । समिक्षातमक कार्यक्रममा प्रमुख अतिथी अधिकारीले समसामयिक विषयवस्तु लगायत पार्टी केन्द्रको मुल स्पिड को बारेमा निर्देशात्मक सम्वोधन सहित भर्खरै सम्पन्न स्थानिय चुनाबमा विजय भएका पालिका अध्यक्ष लगायत सदस्य हरुलाई प्रदेश कमिटी को तर्फदेखि बधाई सहित कार्यकाल सफलताको शुभकामना दिएका थिए । त्यस्तै जिर्वाचित जनप्रतीनिधिहरुलाई जनता प्रति उत्तरदायी भई निरन्तर जनसेवामा लागनको लागी पनि आग्रह गरेका छन ।

यो पनि पढ्नुहोस्