स्वर्गद्धारी अपडेट,प्यूठान । प्यूठानको मल्लरानी गाउपालिका वडा नं. ४ वोहराटोल कसेरीमा सुपादेउराली देविको मन्दिर एक धार्मिक अनुष्ठानविच मुर्तिको प्राणप्रतिठा गरिएको छ । स्थानिय तथा अन्य ब्यक्तिहरुको स्थापना गरिएकोे मुर्तिको सनिबार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्का तथा उपाध्यक्ष रमेशकुमार श्रेष्ठ तथा प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाको आतित्थतामा देविको मुर्तिको प्राणप्रतिष्ठा गरिएको हो ।

मन्दिर ८ लाख ५३ हजार ५०० को कुल लागतमा सम्पन्न भएको हो । जहा मल्लरानी गाउपालिकाले आव २०७६÷७७ मा ७५ हजार,७७÷७८ मा १ लाख ,चन्दा सहयोगबाट १ लाख ४८ हजार र जनश्रमदानबाट ५ लाख ३० हजार ५०० गरि ८ लाख ५३ अजार ५ सयमा मन्दिर समापन भएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष भुवन बोेहराले बताएका छन ।
मन्दिर उदघाटन कार्यक्रमको सञ्चालन केशब बोेहराले गरेका थिए ।