अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरका उतकृष्ट कृषकहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरमा रहेर कृषि कार्य गर्दै आएका उत्कृष्ट कृषहरुलाई सम्मान गरिएको प्यूठान नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिएका छन ।

विजयनगरमा उत्कृष्ठ बाख्रा पालन गर्ने , बङगुरपालन गर्ने तथा मौसमी तथा बेमौसमि खेती गर्ने किसानहरुलाई छनोट गरि सम्मान गरिएको हो ।

सम्मान हुनेहरुमा बिउविजन तर्फ हिम बहादुर नेपाली ,बाख्रा पालनतर्फ बिके सुनार,मौसमी तथा बेमौसी तरकारी खेतीतर्फ देवा सुबेदी र बिष्णा पोख्रेल र बङगुरपालन तर्फ सुरज नेपालीलाई सम्मान गरिएको छ । कृषकहरुलाई प्रमाणपत्र र नगद सहित सम्मान गरिएको हो ।