समय : ११:३४ am | बुधबार , चैत्र ४ गते २०८२

अबैध हातहतियार बुझाउन जिप्रका प्यूठानको आग्रह

स्वर्गद्वारी अपडेट | असार ३ गते २०७९
अनुज पछाई,प्यूठान । अबैध रुपमा राखिएका हातहतियार सम्बन्धित प्रसासनमा बुझाउनको लागी जिल्ला प्रसासन कार्यालय प्यूठानले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानले एक सुचना प्रकाशन गर्दै यस्तो आग्रह गरेको हो । अबैध रुपमा राखिएको हातहतियार , खरखजना जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा बुझाउनेहेनको लागी प्रशासनले सुचनामार्फत अआग्रह गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा दर्ता भईनविकरण गर्न बाकी रहेका हातहतियार खरखजना धनीहरुले असार मसान्तसम्म नविकरण गर्नको लागी आग्रह गरिएको छ । नविकरण नगरि प्रयोग गरेको भेटिएमा हातहतियार खरखजना ऐन २०१९ बमोपजम कारबाहि गरिने सुचनामा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्