समय : ११:३४ am | बुधबार , चैत्र ४ गते २०८२

प्यूठान नगरपालिकाकामा विविध ३ तालिम सञ्चालन

स्वर्गद्वारी अपडेट | असार ३ गते २०७९
अनुज पछाई,प्यूठान । जिल्लाको प्यूठान नगरपालिकामा फरक फरक ३ तालिमहरु सञ्चालन भएका छन । गरिवी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम (मेडपा) अनतर्गत प्यूठान नगरपालिकाको आयोजनामा डेरी तथा मिठाइ उत्पादन,कम्प्युटर मर्मत र ढाका तथा मखमलको चप्पल बनाउने तालिम सञ्चालन भैरहेको प्यूठान नगरपालिकाका आर्थिक बिकास अधिकृत लेख बहादुर बिष्टले बताएका छन । आर्थिक बिकास अधिकृत बिष्टका अनुसार मिठाई उत्पादन तालिम एक हत्ता सञ्चालन हुने छ । त्यस्तै कम्प्युटर तालिम र ढाकाको चप्पल बनाउने तालिम १२ दिन सञ्चालन हुने छ । तालिम प्यूठान नगरपालिका भौकामा सञ्चालन भैरहेको छ । तालिम आव २०७८÷७९ को संघिय सरकार तर्फको बजेटबाट सञ्चालन गरिएको हो ।

यो पनि पढ्नुहोस्