समय : ०२:३४ am | आइतबार , असार १३ गते २०८३

माण्डबीमा बजेट निर्माण सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया

स्वर्गद्वारी अपडेट | जेठ २८ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । जिल्लाको माण्डबी गाउँपालिकामा आ.ब २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरु, गाउँपालिकामा क्रियाशील राजनैतिक दल, पूर्व निर्वाचित पदाधिकारी, गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि. सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, बि.व्य.स, विद्यालयका प्र.अ. शिक्षक, गाउँपालिका स्तरीय बिभिन्न संजालका प्रमुख तथा प्रतिनिधि, महिला सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सामुदायिक बन समितिका अध्यक्ष , वित्तीय संस्थाका प्रतिनिधि, वौद्धिक वर्ग, पत्रकार, गैर सरकारी संस्था लगायत विषयगत शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रतिनिधिमुलक सहभागीहरुको तर्फबाट स्थानीय तहको विकास निर्माण सम्वन्धमा सुझाब पेश गरेका थिए । सहभागीहरुबाट लिखित राय सुझाब पनि संकलन गरिएको थियो । कार्यक्रमको संचालन माण्डवी गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक ध्रुब कुमार पोख्रेलले गरेका थिए ।

यो पनि पढ्नुहोस्