अनुज पछाई,प्यूठान । प्यूठान नगरपालिकामा एक दिने सिबिआर (समुदायमा आधारीत पुर्नस्थापना) कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय अपाङग सेवा संघ प्यूठानको आयोजनामा सञ्चालन भएको कार्यक्रममा अपाङगता भएका ब्यक्तिहरुको सवालमा छलफल भएको थियो ।

लुम्बिनी प्रदेशमा नै प्यूठान जिल्लाको मल्लरानी गाउपालिकामा गत बर्ष पहिलो पालिकाको रुपमा सञ्चिालन भएको सिविआर कार्यक्रम यस बर्षदेखि प्यूठान नगरपालिकामा पनि सञ्चालन भएको छ । कार्यक्रममा राष्ट्रिय अपाङग सेवा संघ प्यूठानका अध्यक्ष जुमान सिंह केसीले अपाङगताको परिभाषा,प्रकार,हकअधिकार लगायतको बिषयमा जानकारी दिएका थिए ।
अनतरक्रियात्मक कार्यक्रममा सहभागी अपाङगहरुले सरकारले दिएको नितिनियम अनुसार आफुले अधिकार प्राप्त गर्न नसकेको बताएका थिए । साथै प्यूठान नगरपालिकाका सरोकारवालासंग विविध माग गर्ने निर्णय समेत गरेका छन ।
मागहरुमा ः
१.यातायातमा कम्तिमा ५० प्रतिशत भाडाको छुट हुनुपर्ने
२.अपाङगता भएका ब्यक्तिबाट जन्मेका बच्चाहरुलाई उच्च शिक्षा सम्म निशुल्क हुनुपर्ने
३.बजेट विनियोजन गर्दा अनिवार्य सहभागीता गराउनुपर्ने
४.निःशुल्क स्वास्थ्य विमा
५ंप्रधानमन्त्रि स्वरोजगार कार्यक्रममा अपाङगता भएका ब्यत्तिलाई प्राथमिकतामा राख्नुपर्ने
६.अपाङगता भएका ब्यक्तिहरुले ब्यबसाय गर्दा करको छुट हुनुपर्ने
७.क्षमता बिकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने
प्यूठान नगरपालिका अपाङग सञ्जाल प्यूठानका अध्यक्ष लोकराज भुषालको अध्यक्षतासंगै सञ्चालन भएको कार्यक्रममा प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्र्मा,प्यूठान नगरपालिकाका प्रबक्ता सुमनराज श्रेष्ठ लगायत प्यूठान नगरपालिकाका कर्मचारी र पत्रकारहरुको सहभागीता रहेको थियो। कार्यक्रमको सहजिकरण राष्ट्रिय अपाङग सेवा संघ प्यूठानका सदस्य राजेन्द्र रावत क्षेत्रीले गरेका थिए । कार्यक्रममा सहयोग कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले गरेको हो ।