समय : ०८:५८ am | बुधबार , चैत्र ४ गते २०८२

माण्डबीका २७ कृषकलाई मिनिटिलर

स्वर्गद्वारी अपडेट | जेठ २६ गते २०७९
अनुज पछाई ,प्यूठान । माण्डबी गाउपालिकामा २७ जना कृषकहरुको लागी मिनिटिलर वितरण गरिएको छ । माण्डबी गाउपालिकाको आ व २०७८÷७९ को बार्षिक सुइकृत कार्यक्रम अन्र्तरगत मिनिटिलर वितरण गरिएको माण्डबी गाउपालिकाका कृषि बिकास अधिकृत बिदुसा आचार्यले बताएकी छिन । माण्डबी गाउपालिका वडा नं. २ मर्काबाङमा रहेको स्मार्ट कृषि कार्यक्रममा आबध्द कृषकहरुको लागी उक्त मिनिटिलर हलो वितरण गरिएको अधिकृत आचार्यले बताएकी छन । त्यस्तै मर्काबाङकै २६ कृषकहरुको लागी टनेल निर्माणको लागी प्रस्ताव आह्वान भएको र केहि दिनमै छनोट गरि वितरण गरिने कृषि बिकास अधिकृत आचार्यले बताएकी छन ।

यो पनि पढ्नुहोस्