समय : ०८:५८ am | बुधबार , चैत्र ४ गते २०८२

जिसस प्यूठानको निर्वाचन असार १ गते

स्वर्गद्वारी अपडेट | जेठ २६ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्ला समन्वय समिति प्यूठानको निर्वाचन असार १ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार सूचना जारी गर्दै पालिकाहरुको निर्वाचन सकिएकाले अब जिल्ला समन्वय समितिको निर्वाचन गर्ने उल्लेख गरेको छ। मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार नौ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । यसअघि पनि जिल्ला समन्वय समिति नौ सदस्यीय रहेको थियो। अध्यक्ष÷उपाध्यक्ष र सात जना सदस्य समितिमा रहनेछन्। मुख्य निर्वाचन अधिकृत घिमिरेले जेठ २६ गते मतदाता नामावली प्रकाशन, २७ गते उम्मेदवारको मनोनय पत्र दर्ता र असार १ गते मतदानको तालिका सार्वजनीक गरेका हुन्। जिल्ला समन्वय समितिको निर्वाचनमा प्यूठानका ९ वटा पालिकाका प्रमुख÷उपप्रमुख गरी १८ जना सदस्य मतदाता हुनेछन्। जिसस प्रमुख, उपप्रमुखसहित ९ सदस्यिय समितिका लागि उम्मेदवार भने नगर तथा गाउँसभाका सदस्यहरु बन्न पाउने व्यवस्था छ।

यो पनि पढ्नुहोस्