अनुज पछाई, केशर सुनार,प्यूठान । प्यूठानमा विपदजन्य आगलागी तथा बाढी पहिरो सम्बन्धि कृत्रिम अभ्यास तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । सोमबार प्यूठान नगरपालिका वडा नं. ४ को खेलकुद मैदानमा एक कार्यक्रम सञ्चालन गरि कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला प्रशासन कार्यलय प्यूठानको आयोजनामा कार्यक्रम गरिएको हो ।
तस्विरःकेशर सुनार
प्यूठान नगरपालिकाका प्रमुख बिस्नु बहादुर योगीको प्रमुख आतिथ्यतामा शुरु गरिएको कृतिम अभ्यास तथा तालिममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि स्थानीय जनसमुदाय तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
तस्विरःकेशर सुनार
कार्यक्रममा आगोलागी नियन्त्रण त्यसकोे रोकथाम जनप्रतिनिधि हरुको भुमिका शुरक्षाकर्मी रेडक्रस , एम्बुलेन्स तथा दमकल हरुको माध्यम बाट आगो नियन्त्रण ,ग्यास रेगुलेटर बाट निस्कने आगोलाई कसरी नियन्त्रण गर्ने भन्ने डेमो प्रदर्शन पनि गरिएको थियो ।
तस्विरःकेशर सुनार
कार्यक्रम प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।