समय : ०७:३१ am | बुधबार , चैत्र ४ गते २०८२

स्वर्गद्धारी एफएमको महिलासंग अन्तरक्रिया

स्वर्गद्वारी अपडेट | जेठ २३ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । प्यूठानको रेडियो स्वर्गद्धारी एफ एमले महिलाहरुको लागी एक दिने आर्थिक क्षमता बिकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार नौबहिनी गाउँपालिका बहानेको गंगा माबिमा उक्त कार्यक्रम गरेको हो । महिलाहरुलाई आय आर्जनसंग जोडेर जीवनस्तरलाई माथी उठाउन सहयोग भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको रेडियो स्वर्गद्धारीका स्टेशन म्यानेजर लव कुमार अधिकारीले बताएका छन । कार्यक्रममा आर्थिक आय आर्जन,आयआर्जनका स्रोतहरु,स्वरोजगार , स्वरोजगारका फाइदा ,ब्यबसाय ,ब्यबसाय गर्दा ध्यान दिनुपर्ने उपाए , महत्व , स्थानिय स्तरमा महिलाहरुले गर्न सक्ने स्वरोजगारका अबसरहरु लगाएयतको विषयमा छलफल भएको थियो । रेडियो स्वर्गद्धारीका स्टेशन म्यानेर लव कुमार अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नौबहिनी गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष मान बहादुर केसी ,प्रमुख प्रशासकिय अधिकृत शिबराज पौडेल पत्रकार श्रीराम भण्डारी लगायतको आतिथ्यता रहेको थियो । नौबहिनी गाउपालिकाका ६० बढी महिलाको सहभागीतामा सञ्चालन गरिएको कार्यक्रमको सञ्चालन रेडियो स्वर्गद्धारीका प्राविधिक सहायक बबिता रिजालले गरेकी थिइन भने प्रशिक्षण रेडियो स्वर्गद्धारीका समाचार शाखा प्रमुख अनुज पछाईले गरेका थिए

यो पनि पढ्नुहोस्