समय : ०७:२६ am | बुधबार , चैत्र ४ गते २०८२

प्यूठानको एक बिद्यालयमा ५ दिनदेखि ताला

स्वर्गद्वारी अपडेट | जेठ २१ गते २०७९
अनुज पछाई, प्यूठान । शैक्षिक शत्र २०७९ सुरु भएको करिब २ हप्ता पुगीसकेको छ । तर प्यूठानको एक बिद्यालयमा बिद्यार्थी बिद्यालय प्रबेश गरेको केहि दिनमै अभिभावकले ताला लगाउदा बिगत ५ दिनदेखि अध्यन प्रक्रिया अबरुद्ध भएको छ । बिद्यालय सञ्चालक समितिसंग असन्तुष्टि जनाउदै अभिभावकले ताला लगाएका हुन । जिल्लाको नौबहिनी गाउपालिका २ लिघाको अन्धनाशक मा.बिमाको कार्यालयमा अनिश्चित कालका लागि तालाबन्दी गरिएको छ । बिद्यालय प्रशासनले बिभिन्न समयमा गरिएका सम्पूर्ण क्रियाकलाप विद्यार्थी तथा अभिभावक हित बिपरित गरिएको भन्दै अनिश्चित कालको लागी बिद्यालय प्रशासनमा तालाबन्दि गरिएको हो । सो ताला अहिलेसम्म खेलाउने पक्रिया नै भएको छैन । अभिभावकहरुले एक प्रेस विज्ञप्ती सार्बजनिक गर्दै ताला लगाएका थिए । प्रेस विज्ञप्तीमा अभिभावकहरुले ताला लगाउनुको कारण उल्लेख गरेका छन । अभिभावकले ताला लगाउनुको कारणः १.विद्यालयको आर्थिक अनियमितालाई पार्दर्शि गर्न नसक्नु । २.विद्यालयको भौतिक निर्माणका कार्यमा आर्थिक हिनामिना तथा श्रमिकहरुलाई ज्याला झुक्तानि नगर्नु । ३. विद्यालय ब्यबस्थापन समिति मनोमानी ढङगबाट गठन गर्नु । ४.बिद्यार्थी भर्नाको नाममा चर्काे आर्थिक सङकलन गर्नु । के भन्छन त प्रअ नेपाल सिंह पुरी ? बिद्यालय व्यबस्थापन समितिको गठन आफ्नो पक्षमा नभएपछि अभिभावकहरुले उक्त निर्णय लिएको बिद्यालयका प्रअ नेपाल सिंह पुरिले आरोप लागाएका छन । बिद्यालय भवन निर्माण गर्दा अनुदानले नपुगेकाले केहि श्रमिकहरुले प्राप्त गर्नुर्ने ज्याला नपाएको प्रअ पुरिलले सुइकारेका छन । त्यसलाई सम्बोधन गर्ने प्रयास गरिरहेको उनको भनाई रहेको छ । त्यस्तै अभिभावकसंग केहि दिनमै बैठक बसेर ताला खुलाउने सहमतिको प्रयास भैरहेको प्रअ पुरिले बताएका छन । कति छ त अन्धनाशक माबीको भर्ना दर ? अभिभावकका अनुसार अहिले विद्यालयले बाल शिक्षाको लागी रु १०० , कक्षा १ को लागी ३५० ,कक्षा २ का लागी ४५० , कक्षा ३ का लागी ५५०,कक्षा४ का लागी ६५० ,कक्षा ५ का लागी ७५० भर्ना शुल्क लिने गरेको आरोप पनि लगाएका छन । त्यस्तै कक्षा ६ का लागी १ हजार ३००,कक्षा ७ का लागी १ हजार ४५० कक्षा ८ का लागी १६ सय ,कक्षा ९ का लागी १८ सय र कक्षा १० का लागी रु २ हजार भर्ना शुल्क लिने गरिएको छ ।

यो पनि पढ्नुहोस्