समय : ०३:२१ am | बुधबार , चैत्र ३ गते २०८२

उम्मेदबारलाई निर्वाचन खर्चको वीवरण बुझाउन आग्रह

स्वर्गद्वारी अपडेट | जेठ १२ गते २०७९
अनुज पछाई, प्यूठान । जिल्ला निर्वाचन कार्यालय प्युठानले स्थानिय तह निर्वाचन २०७९ मा सहभागी उम्मेदबारहरुले निर्वाचन खर्चको वीवरण बुझाउनको लागी आग्रह गरेको छ । निर्वाचनको अन्तिम परिणाम सार्बजनिक भएको ३० दिभित्रमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कार्यविधि अनुसार प्यूठान जिल्लाका नगरपालिका तथा गाउँपालिकाका विभिन्न पदका उम्मेदबारले निर्वाचन मतपरिणाम घोषणा भएको ३० दिनभित्र स्थानिय तह निर्वाचन २०७३ को अनुसुचि ३० बमोजिमको ढाचामा भरी जिल्ला निर्वाचन कार्यालय प्यूठानमा बुझाउनको लागी आग्रह गरिएको छ । मंगलबार एक सुचना जारी गर्दै जिल्ला निर्वाचन कार्यालय प्यूठानले खर्च वीवरण बुझाउन आग्रह गरेको छ। स्थानिय तह निर्वाचन ऐन २०७३ को दफा ६४ (४) तथा स्थानिय तह निर्वाचन २०७३ को नियम ४० बमोजिम स्थानिय तह निर्वाचनका प्रत्यक उम्मेदबारले निर्वाचनको अबधिमा भएको सम्पूर्ण खर्च वीवरण अनुसुचि ३० बमोजिमको ढाँचामा तयार गरि निर्वाचन कार्यालयमा बुझाउनको लागी जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी राजन श्रीवास्तवले आग्रह गरेका छन ।

यो पनि पढ्नुहोस्