समय : ०३:२१ am | बुधबार , चैत्र ३ गते २०८२

माण्डबीको पहिलो निणर्यः निःशुल्क स्वास्थ्य बिमा

स्वर्गद्वारी अपडेट | जेठ ६ गते २०७९
लव कुमार अधिकारी, जस्पुर । जिल्लाको माण्डबी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधले शुक्रबारदेखि पदभार ग्रहण गरेका छन । नव निर्बाचित अध्यक्ष नमराज अधिकारी “रोशन” र उपाध्यक्ष पूर्ण कालाथोकीले पदभार गरेकै पहिलो दिन जनपक्षिय लोकप्रिय कार्यक्रमलाई अगाडी सार्ने निर्णय गरेका छन । शुक्रबारको बैठकले जनताको आधारभुत आवस्यकतालाई मध्यनजर गरि माण्डवीवासी जनताको निःशुल्क स्वास्थ्य बिमा गरि जनताको आधारभुत उपचार निःशुल्क गर्ने पहिलो निर्णय गरेको छ । निःशुल्क स्वास्थ्य विमा कार्यक्रम जिल्लामा नै पिहलो अभ्यास रहेको अध्यक्ष अधिकारीको दाबी छ ।

यो पनि पढ्नुहोस्