समय : ११:३९ am | शनिबार , मंसिर २० गते २०८२

खुङमा २ सामुहविच झडपः काङग्रेस कार्यकर्ता घाइते

स्वर्गद्वारी अपडेट | जेठ ५ गते २०७९
अनुज पछाई ,प्यूठान । जिल्लाको गौमुखि गाउँपालिका वडा नं. ५ मा राजमो र नेपाली काङग्रेसका कार्यकर्ताविच झडप भएको छ । बुधबार राति करिब १२ बजेको समयमा स्थानिय नारायण पौडेलका घरमा झडप हुदा नेपाली काङ्ग्रेसका एक कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता तथा प्रहरी निरीक्षक शुसिल थापामगरले जानकारी दिएका छन ।                 नवनिर्वाचित वडा अध्यक्ष वरुणध्वज मल्ल सहित राजमोका कार्यकर्ता जगत मल्ल ,हरि मल्ल र प्रताप मल्लको समुहले खुङ निवासी गंगा बहादुर विष्टका छोरा २९ बर्षिया नेपाली काङ्ग्रेस गौमुखी गाउँपालिका सदस्य राज कुमार बिष्ट माथी हातपात गर्दा बिष्ट घाइते भएका छन । घाइते बिष्टको टाउको र बायाँ हातमा चोट लागेको छ । जिल्लामा सामान्य उपचारपछि बिष्टलाई थप उपचारको लागी मेडिकल कलेज भैरहवामा पठाइएको छ । अहिले घटनाको विषयलाई लिएर नेपाली काङग्रेस तथा राजमोले आ–आफ्नो आरोप लगाएका छन ।

यो पनि पढ्नुहोस्