समय : ०१:३४ am | बुधबार , चैत्र ३ गते २०८२

माडीखोलामा बेपत्ता बालकको शव भेटियो

स्वर्गद्वारी अपडेट | जेठ ३ गते २०७९
अनुज पछाई , प्यूठान । गत सनिबार बेपत्ता भएका बालकको शव फेला परेको छ । जिल्लाको माण्डबी नदिमा पौडि खेल्ने क्रममा बेपत्ता भएका स्वर्गद्वारी नगरपालिका वडा नं. ३ का गिर बहादुर नेपालीका अन्दाजी १३ वर्षका छोरा भिम बहादुर नेपालीको शव ३ दिन पछि फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक तथा प्रबक्ता शुशिल थापा मगरले बताएका छन । प्रहरीका अनुसार घरदेखि करिब १.५ किलोमिटर पूर्वमा पर्ने माण्डबी (माडी) नदिमा पौडि खेल्ने क्रममा माथीबाट हाम फाल्दा बालक नदिभित्रै बेपत्ता भएका थिए । बालकको शव ३ दिनपछि सोमबार बिहान करिब ७ बजे स्वर्गद्धारी नगरपालिका सोत्रे माडिखोलाको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । अहिले शबलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल बिजुवारमा लिइएको छ ।

यो पनि पढ्नुहोस्