समय : ०१:४५ am | बुधबार , चैत्र ३ गते २०८२

बिस्नु बर्मा आए प्यूठान नगरमा

स्वर्गद्वारी अपडेट | जेठ ३ गते २०७९
अनुज पछाई , प्यूठान । स्थानिय तह निर्वाचन २०७९ को प्रतिफल आइरहेको छ । प्यूठान जिल्लामा रहेका ९ स्थानिय तहमध्य केन्द्रबिन्दुको रुपमा रहेको प्यूठान नगरपालिकाको पनि सोमबार साझ सबै वडा सहित प्रमुख र उपप्रमुख पदको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । अन्तिम मतपरिणाम अनुसार प्यूठान नगरपालिकामा गठबन्धका साझा उम्मेदबारले नै प्रमुख र उपप्रमुख दुबै पदमा भारी मतान्तको साथमा जित्न सफल भएका छन । नव निर्वाचित मेयर बिस्नु योगी र उपमेयर देबेन्द्र बर्मा   बाम गठबन्धबाट मेयर पदका साझा उम्मेदबार बिस्नु योगीले ९ हजार ३२३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय विराज विष्टले सात हजार ८१६ मत मात्र ल्याएका छन् । यसैगरी उपमेयर पदमा गठबन्धनकै देवेन्द्र बर्मा निर्वाचित भएका छन् । उनले नौ हजार ४९० मत ल्याएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पवित्रा जिसीले सात हजार १८२ मत पाएकी छन् ।

यो पनि पढ्नुहोस्