समय : १२:२२ am | बुधबार , चैत्र ३ गते २०८२

८ वडा सकिदा बिस्नु र बिजयको मतान्तरः १५२६

स्वर्गद्वारी अपडेट | जेठ २ गते २०७९
सन्तोष सुनार, प्यूठान । जिल्लाकै केन्द्र बिन्दुको रुपमा रहेको प्यूठान नगरपालिकामा मत गणना हुन अब २ वडा मात्र बाकी रहेको छ । ८ वडा सकिदा ६ वडामा गठबन्धन दलले बाजी मारेको छ भने । २ वडामा एमालेले नराम्रोसंग गठबन्धलाई पछारेको छ । प्यूठान नगरपालिकामा नगरप्रमुखमा कस्ले बाजी मार्छ सबैको चासोको बिषय रहेको छ । गठबन्धन दलका बिस्नु योगी र एमालेका बिजय बिराज बिष्टबीच प्रतिसप्रर्धा रहेको छ । यद्यपी योगीले आफ्नो अग्रतालाई सुरुवाती अग्रता कायम राखेका छन । अब २ वडा बाकी रहदा योगी बिष्टभन्दा १ हजार ५२६ मतले अगाडी रहेका छन । योगीले ८ हजार ५०७ र बिष्टले ६ अवार ९८४ मत प्राप्त गर्न सफल भएका छन । अबको २ वडाले नै प्यूठान नगरपालिकाको मेयरको निर्धारण गर्ने छ ।

यो पनि पढ्नुहोस्