समय : १२:२२ am | बुधबार , चैत्र ३ गते २०८२

नौबहिनी ६ मा गठबन्धनको प्यानल विजयी

स्वर्गद्वारी अपडेट | जेठ २ गते २०७९
बबिता रिजाल, प्यूठान । जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. ६ मा गठबन्धनको प्यानल नै विजयी भएका छन । गठबन्धनका मान बहादुर केसीे वडा अध्यक्षमा १ हजार ८० मत सहित विजयी भएका छन । उनका प्रतिसप्रर्धी एमालेका सूर्य बहादुर केसीले ९०९ मत प्राप्त गरेका छन । वडा नं. ६ को वडा सदस्यमा अस्मिता बिक , दलित महिला सदस्यमा राधा बिक , खुल्ला सदस्यमा अमर बहादुर केसी र बल बहादुर केसी विजयी भएका छन । नौबहिनीमा अब वडा नं. ४ र ५ को मतगणना हुन बाकी छ ।

यो पनि पढ्नुहोस्