गौमुखि गाउँपालिकामा मतगणना स्थगित
अनुज पछाई , प्यूठान । मतगणना को क्रममा एमाले उपाध्यक्ष उम्मेदवारको २७ मत नपुगेको भन्दै एमाले उपाध्यक्ष पद की उम्मेदवार ज्ञानूमाया केसीले विरोध जनाए पछि मतगणना रोकिएको हो ।
कुन वडाको मत गणना गर्दा तलमाथि भएको हो भन्ने खुल्न सकेको छैन । अहिले पुनः मतगणना सुरु गर्न सर्बपक्षिय बैठक बसिरहेको गौमुखि गाउपालिका निर्बाचन अधिकृत राम प्रसाद ज्ञवाली बताएका छन ।








