समय : १०:४५ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख आचार्य वडा सदस्यमा पराजित

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्य वडा सदस्यमा पराजित हुनुभएको छ । आचार्य ऐरावती गाउँपालिका वडा नं. २ बाट वडा सदस्यमा उम्मेदवार बन्नुभएको थियो । उहाँ नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट सदस्यमा उम्मेदवार बन्नुभएको थियो । यसअघि राष्ट्रिय जनमोर्चाबाट वडा अध्यक्षमा निर्वाचित भएर जिल्ला समन्वय प्रमुख बन्नुभएको थियो । त्यसपछि खालि भएको अध्यक्ष पदको निर्वाचनमा स्वतन्त्रबाट भिमेस कुमार घर्ति विजयी हुनुभएको थियो । उहाँले ७०९ मत प्राप्त गर्नुभयो । उक्त पदमा ७२८ मत प्राप्त गरेर कृष्ण बहादर भैया मगर विजयी हुनुभएको हो । उक्त वडामा नेकपा माओवादी केन्द्रले प्यानल जितेको छ । समाचार सहयोगः पत्रकार सुजल श्रेष्ठ

यो पनि पढ्नुहोस्