प्यूठान ३ मा गठबन्धनको प्यानल नै विजयी
अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिका वडा नं. ३ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा नं.३ मा संयुक्त लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदबार सुमन श्रेष्ठले ९९५ मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि नेकपा एमालेका उम्मेदबारले ८१९ मत प्राप्त गरेका छन ।
महिला सदस्यमा शान्ता खडका दलित महिला सदस्यमा सरिता सुनार तथा खुला सदस्यमा मिन बहादुर खडका र जगत सुनार विजयी भए ।
त्यस्तै प्यूठान नगरपालिकामा मेयर र उपमेयर पदको लागी पनि गठबन्धननै अगाडी रहेको छ ।








