अनुज पछाई , प्यूठान । जिल्लाको माण्डबी गाउपालिकामा एमालेका कार्यकर्ताले एक चालकमाथी हातपात गरेका छन । बुधबार माण्डबी गाउँपालिका जस्पुरमा माण्डबी गाउपालिका वडा नं. ३ का पुरुषोतम कार्कीलाई हातपात गरेका हुन । हातपातबाट कार्कीको एउटा खुट्टा भाचिएको छ भने आखाँ लगायत शरिरका बिभिन्न भागमा चोट लागेको छ । बुधबार साझ करिब १० बजेको समयमा एक्कासी हातपात गरेको कार्कीले बताएका छन । कार्कीको अहिले जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ ।

कार्कीले आफुले चलाउदै आएको गाडी रोकेर घर जादै गर्दा एमाले कार्यकर्ताले हातपात गरेको बताएका छन । “ म घर जादै थिए , एक्कासी आएर म श्रीधरको सालो हु भन्दै हातपात गरे । उनिहरुको समूह ठुलो भएकाले म एक्लै केहि गर्न सकिन । ” उनले भने –“ म श्रम गरेर खाने ब्यक्तिलाई किन त्यस्तो गरेको होला ।”