समय : ०४:५८ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

भोट गर्न जबरजस्ति गरेपछि फोप्लिमा कुटिए एमाले कार्यकर्ता

स्वर्गद्वारी अपडेट | वैशाख २७ गते २०७९
  स्वर्गद्धारी अपडेट ,प्युठान । नौबहिनी गाउँपालिका–८ फोप्लीमा गठबन्धन र एमाले वीच झडप भएको छ । गठबन्धनका कार्यकर्तालाई एमालेका कार्यकर्ताले ललाई फकाई गरेको भन्दै दुई पक्षवीच विवाद उत्पन्न भएको थियो । विवादपछि झडप हुँदा स्थानीय विष्णु गुरुङ र पुठ बहादुर पुन घाइते भएका छन् । सोमबार फोप्लीमा भएको गठबन्धनको ¥यालीबाट फर्किने क्रममा गठबन्धनका कार्यकर्तालाई जवरजस्त एमालेहरुले घरभित्र हाली फकाएको आरोप गठबन्धन दलको आरोप छ भने धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको एमालेको आरोप छ । घाइतेहरुको उपचार प्युठान अस्पताल विजुवारमा भइरहेको छ ।

यो पनि पढ्नुहोस्