अनुज पछाई , प्यूठान । अहिले चुनाबी माहोल निकै तातिएको छ । अब ५ दिनमात्र बाकी रहदा चुनाबी माहोल तातिनु स्वाविकै नै हो । स्थानिय निर्बाचनमा भोट गरेर जितेको खण्डमा यसो गर्छु उसो गर्छु भनेर दलहरुका घोषणा पत्रपनि धमाधम आउन थालेका छन । एक घर एक रोजगारी , स्वरोजगार , समृद्धि , गरिबी अन्त्य लगायतका लोकप्रिय नाराहरुलाई सिरमा बोकेर हिडेका दलहरुको आखाँले गाउँघरका वास्तिबिक गरिब दुखिलाई हेर्ने चस्मामा भने छपक्कै धुलोले छेको छ । अर्थात देखेकै छैनन । अझ अहिले त दिनहुजसो दलहरुले कार्यकर्ता भेला गर्ने भोजभतेर गरेर नै लाखौ खर्च गरिरहेको प्रष्ट नै देखिन्छ ।

प्यूठान नगरपालिकाका दलहरुले नदेखेको गरिबीलाई प्यूठानको एक सस्थाले देखेर सहयोग गरेर चर्काचर्का घोषणापत्र प्रस्तुत गर्ने दलहरुलाई नै चुनौति दिएको छ । दारी ग्याङ प्यूठान पछिल्लो समय गरिब दुखिको घाउको मलम बनेर आएको छ । दारी ग्याङ प्यूठान अहिले आर्थिक अभाबको कारण उपचारबाट बन्चित रहेकाको लागी आर्थिक सङकलन गरेर उपचारमा सहयोग गर्नु र गरिब दुखिलाई खाद्यन्न सहयोग गर्ने काम निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ । यहि अभियान अन्तर्गत दारी ग्याङ प्यूठानले फेरी २ घरपरिवारको चुलोमा आगो बाल्दिने वातावरणको सिर्जना गरेको छ । जिल्लाको प्यूठान नगरपालिका वडा नं. ३ को मट्याङ्ग पोखराका एकल महिला ७५ बर्षीय हिमा थापा र ओखरबोटमा रहेका ६७ बर्षीय काली सुनार लाई रु १० हजार बराबर को खाद्यान्न सहयोग गरेको छ ।
खाद्यन्न अभाबको कारण बिहान साझ के खाउँ भन्ने परिवारको ओठमा दारी ग्याङ प्यूठानले थोरै हासो थपिदिएको छ । दारी ग्याङ प्युठान का संस्थापक संयोजक जीवन खनाल को नेतृत्व मा सदस्य हरु देबिराम भुसाल, शिशिर केसि, जितेन्द्र सुबेदी, कुबेर शाही, शिशिर केसि, याम बहादुर थापा, लोकराज थापा को टोलिले खाद्यन्न सहयोग गरेको हो ।