अनुज पछाई , प्यूठान । आसन्न स्थानियत तहको निर्बाचनलाई केन्द्रित गर्दै जिल्ला प्रशासन कार्यालय प्यूठानले नियमित रुपमा प्रदान गर्दै आएको केहि सेवाहरु बन्द गर्ने भएको छ । बैशाख २६ गते सोमबारदेखि लागु हुने गरि बैशाख ३० गते सम्मको लागी सेवा स्थगित रहने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताएकी छन ।

जिल्ला प्रशासन कार्यालय प्यूठानमा कार्यरत कर्मचारीहरु स्थानिय तह निर्बाचनमा खटिएको हुदा सेवा स्थगीत गर्न परेको प्रजिअ नेपालको भनाई रहेको छ । जिल्ला प्रशासन कार्यालय प्युठानले एक सुचना निकाल्दै कार्यालयबाट प्रदान गर्ने अत्याबस्यक सेवा , शान्तिसुरक्षा मुद्दाथुनछेक र आदेश बाहेकका सम्पूर्ण सेवा प्रवाह स्थगीत गरिएको जानकारी दिएको छ । त्यस्तै जेठ १ गते देखि सम्पूर्ण कार्य साबिकको जस्तै नियमित सञ्चालन हुने पनि सुचनामार्फत जानकारी दिइएको छ ।