समय : ०३:२७ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

प्यूठान नगर समृद्धि चाहानेको बिस्नुलाई साथ छः पुष्कर शर्मा

स्वर्गद्वारी अपडेट | वैशाख २५ गते २०७९
  अनुज पछाई , प्यूठान । पालिका चुुनाबले दैलोमा नै आएर साइरन बजाइसकेको छ । त्यो साइरनले सबैलाई उत्तिकै चनाखो पनि बनाएका छ । एक भोटको गल्तिले गर्दा ५ बर्षसम्म मुखदर्शक हुने की एक भोट सहि ठाउँमा प्रयोग गरेर समृद्धिको स्वास फेर्ने भन्ने कुराको निर्णयको न्याधिस बन्ने जिम्मेबारी सम्पूर्ण मतदाताको हात हातमा रहेको छ । देशकै ७५३ वटै पालिकामा बैशाख ३० गते अर्थात ५ दिनपछि एकैपटक चुनाब हुदै छ । चुनाबले देशभर नै छुटटै खालको रौनक प्रदान गरेको छ । त्यो रौनकबाट प्यूठान जिल्ला पनि अछुतो छैन । प्यूठानका ९ पालिकाका उम्मेदबारहरु अहिले फुर्सनको स्वास फेर्न पनि पाएका छैनन । घरदैलोमा जानु चुनाबी माहोल बनाउने अहिलेको दिचर्या नै भएको छ । जिल्लाकै केन्द्रबिन्दुको रुपमा रहेको प्यूठान नगरपालिकामा पनि चुनाबी माहोलले नगरपालिका नै रंगिएको छ । अहिले उमेदबार मात्र नभएर मतदाताहरुको उस्साह पनि निकै देखिन्छ । जो भेटियो की भोट कस्लाई दिने भन्ने करुा निस्किहाल्छ । प्यूठान नगरपालिकामा प्रमुखतः २ दलविच कडा प्रतिसप्रर्धा देखिएको छ । लोकतान्त्रिक बाम गठबन्ध र नेकपा एमाले । बाम गठबन्धसंग नेकपा एमाले सिगौरी खेल्न खोज्दै छ । नेकपा माओबादी केन्द्रको तर्फबाट उमेदबार बनेका बिस्नु योगीको सालिन र सभ्य ब्यबहारले जो कोहिलाई पनि सजिलै आकर्षण गर्न सक्छ । सामान्य जीवनशैलीमा बिस्वास राख्ने उनै योगी यस पटक प्यूठान नगरपालिकाको चुनाबी मैदानमा भिडदै छन । उनि पनि अहिले मेयर बन्ने दाउमा घरदैलोमै ब्यस्त देखिएका छन । आफ्नो जीवनकालमा केहि न पक्षसंग जोडिएर जनताको सेवा गर्न पल्किएमा बिस्नु यो पटक नगरप्रमुख बनेर नगरबासिको सेवामा लाग्न खोजेका छन । करिब ३ दशक जति शिक्षण पेशाबाट सेवा प्रदान गर्दै आएका योगीले राजनिति यात्रा पनि बिद्यार्थीकालदेखि नै सुरु गरेका थिए । प्यूठान नगरपालिका रहेका मतदाता हरु अहिले उनलाई बिजयी गराउनको लागी जोडतोडका साथ लागेका छन । नगरबासीले एक बौद्धिक , लगाशिल तथा भिजन बोकेको ब्यक्ति पाएको धैरेले बताउदै आएका छन ।   बिस्नु योगीको उम्मेदबारीलाई लिएर के भन्छन त अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य क.पुष्कर शर्मा ।                                            अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य क.पुष्कर शर्मा । यसै सन्दर्भमा स्वर्गद्धारी अपडेटसंग बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य पुष्कर शर्माले नगरपालिकाको बारेमा सोच्ने ब्यक्तिजतिले बिस्नु योगीलाई मतदान गर्ने बताएका छन । चुनाबी अभियानमा धैरै भन्दा धैरैले साथ दिएकोमा उस्साहित हुदै शर्माले भनेका छन –“प्यूठान नगरपालिकालाई समृद्धिको बाटोमा गएको हेर्न चाहाने ब्यक्तिले आखाँ चिम्लेर बिस्नु योगीलाई भोट दिन्छन ।” उनले भने –“ प्यूठान नगरपालिकले यस पटक राम्रो अभिभावक पाएको छ । ” चुनाबी अभियानमा संगै हिडेका शर्मा विपक्षि दलका कार्यकर्ताहरु पनि योगीको समर्थनमा आएको बताएका छन । “जहाँ गए पनि प्यूठान नगरले सहि ब्यक्ति पाएको छ भन्छन ,जनलहर पनि लोभलाग्दो छ । ” उनले भनेका छन – हिजोका उनि आबद्ध भएको बिद्यालय होस या संघसस्था नै किन नहोस नमूना नै बनेका छन । त्यसैले पनि उनिमा प्यूठान नगरलाई नमूना बनाउने भिजन छ । यस पटक सबैले भोट दिएर बिजय गराउछन भन्नेमा म ढुक्क छु । ”    

यो पनि पढ्नुहोस्