समय : ११:५४ pm | बिहिबार , माघ १ गते २०८२

प्यूठानमा १ लाख ७६ हजार थान मतपत्र आइपुग्यो

स्वर्गद्वारी अपडेट | वैशाख २१ गते २०७९
अनुज पछाई , प्युठान । यही बैशाख ३० गते हुने निर्वाचनका लागि प्यूठानमा एक लाख ७६ हजार थान मतपत्र आईपुगेको छ । मुख्य निर्वाचन कार्यलय प्यूठानका अनुसार जिल्लामा आवश्यक पर्ने एक लाख ७६ हजार थान मतपत्र आईपुगेको हो । । मतपत्र जिल्लामा आइपुगि सकेकाले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको नियुक्ति गरेर तालिम दिए पश्चात मतदान सामाग्री सहित सबै स्थानिय तहमा पठाइने जिल्ला निर्बाचन कार्यालयका अधिकारी राजन श्रीवास्तवले बताएका छन । अवको केही दिनमा मतदान केन्द्रमा जाने कर्मचारीहरु खटाउने, निर्वाचन आयोगबाट आएका मतपत्रको रुजु गरेर छुट्टा छुटै प्याकेज बनाएर सबै मतदान स्थल र मतदान केन्द्रमा पठाईने उनको भनाई छ । जिल्लामा १५१ मतदान स्थल र २२० मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा १ लाख ५९ हजार ३ सय ४६ मतदाता रहेका छन । जसमा पुरुष मतदाता ७७ हजार ३ सय २७ रहेका छन् भने महिला मतदाता ८२ हजार १८ रहेको निर्वाचन कार्यलय प्यूठानले जनाएको छ ।

यो पनि पढ्नुहोस्