प्यूठान नगरपालिका वडा नं. ५ मा भएको चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार बिस्नु योगीले एमालेको प्रतिगमन र अराजक शैलीका कारण गठबन्धन गर्न बाध्य भएको बताए । जनताले एमालेको प्रवृत्ति बुझिसकेको बताउँदै उनले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु भारी मतका साथ विजयी हुनेमा ढुक्क रहेको बताए । साथै उनले प्यूठान नगरपालिकाको विकास र समृद्धिका लागी गठबन्धनको विकल्प नरहेको समेत बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उप–मेयर पदका उम्मेदवार बर्माले सडक, स्वास्थ्य, शिक्षा, सिचाई आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै प्यूठान नगरपालिकाको समग्र विकास र शुसासनका लागी अत्यधिक बहुमतले विजयी गराउन अपिल गरे ।








