समय : ०९:३४ pm | आइतबार , कार्तिक ३० गते २०८३

दुम्कीवासमा स्कारपियो दुर्घटना, एकै परिवारका चार जना घाइते

स्वर्गद्वारी अपडेट | कार्तिक ३० गते २०८३

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दुम्कीवासमा स्कारपियो दुर्घटना हुँदा एकै परिवारका चार जना घाइते भएका छन् ।

आइतबार साँझ पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– दुम्कीवासमा नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बा.प्र.००१–००–३० च ८१६७ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई पुरुष र दुई महिला घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

उनका अनुसार घुम्तीमा मोडिनुपर्ने गाडी सिधै गएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई अस्पताल पठाउने काम गरिरहेको उनले बताए ।

यो पनि पढ्नुहोस्