समय : ०६:५४ pm | शुक्रबार , कार्तिक १४ गते २०८३

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

स्वर्गद्वारी अपडेट | कार्तिक १४ गते २०८३

काठमाडौँ – सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।

गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिमअर्को निर्णय नभएसम्मका लागि एनप्याब्सनलाई निलम्बन गरेको हो।

एनप्याब्सनले मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक पालना नगरेकोले निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ।

संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको मन्त्रालयको सूचनामा उल्लेख छ।

यो पनि पढ्नुहोस्