समय : ०५:५७ pm | बिहिबार , कार्तिक १३ गते २०८३

प्युठानमा ट्राफिक सचेतना कार्यक्रम

स्वर्गद्वारी अपडेट | कार्तिक १३ गते २०८३

प्यूठान। जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले माण्डवी गाउँपालिका–३ स्थित प्यूठान सनराइज एकेडेमीका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिइएको छ।

बिहिबार कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपानेको नेतृत्वमा सम्पन्न कार्यक्रममा जेब्रा क्रसिङको प्रयोग, सडक पार गर्दा दायाँबायाँ हेर्ने, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, तीव्र गति नियन्त्रण र मादक पदार्थ सेवन गरी सवारी नचलाउने विषयमा जानकारी दिइएको थियो।

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै अन्तरक्रियासमेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यो पनि पढ्नुहोस्