समय : ०४:४९ pm | सोमबार , भाद्र २२ गते २०८३

यी हुन् रसुवा बाढीमा बेपत्ता प्युठानका ९ जना

स्वर्गद्वारी अपडेट | भाद्र २२ गते २०८३

प्युठान।रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परि प्युठानका ९ जना बेपत्ता छन्।भदौ १० गते बिहान आएको उक्त बाढीमा परेका प्रहरी जवानदेखि विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राविधिक,कर्मचारी तथा सह चालकहरूको अवस्था १३ दिनसम्म अज्ञात छ।

जिल्ला प्रशासन कार्यालय प्युठानका अनुसार बेपत्ता हुनेमा १८ वर्षदेखि ३६  वर्ष सम्मका छन्।।जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार माण्डवी गाउँपालिकाको २ जना, प्युठान नगरपालिकाका २ जना, झिमरुक गाउँपालिकाका २ जना, सरुमारानी गाउँपालिकाका १ जना,गौमुखी गाउँपालिकाका १ जना र स्वर्गद्वारी नगरपालिकाका १ जना  ९ जना बेपत्ता रहेका छन्।

बाढीमा परी बेपत्ता भएका प्युठान नगरपलिका पिताम्बर श्रेष्ठ र गौमुखीका बोम बहादुर पुन रसुवा हाईड्रो पावरमा कार्यरत, माण्डवी गाउँपालिकाका सुर्य बहादुर केसी र प्युठान नगरपालिकाका सन्तोष पौडेल रसुवागढी हाइड्रोपावरमा कार्यरत,सरुमारानी गाउँपालिकाका किसान सोमै त्रिसुली २१६ मेघावाट कार्यरत,झिमरुक गाउँपालिकाका प्रकास जिसी गोसाइँकुण्ड गाउँपालिकामा कार्यरत सोहि पालिकाका राजेन्द्र महतरा जी.प्र.का रसुवामा कार्यरत, स्वर्गद्वारी नगरपालिकाका कृष्णा बूढा मगर प्रहरी चौकी टिमुरेमा कार्यरत थिए।

यता कतिपय बेपत्ता व्यक्तिहरूको नाम भने जिल्ला प्रशासन कार्यालयको रेकर्डमा छैन।

जलविद्युत आयोजनामा थुनिएका र घरभित्र पुरिएकाहरूको समेत जीवितै उद्दार गरिएको समाचार आउँदा जलविद्युत आयोजनाका सुरूङभित्र खोजी र उद्धारलाई बढाउन सके आफ्ना प्रियजनहरूलाई सकुशल बाहिर निकाल्न सकिने आसमा छन्।

यो पनि पढ्नुहोस्