समय : ०२:३६ pm | मङ्गलबार , भाद्र ९ गते २०८३

प्रधानमन्त्री शाह कालो चस्मा लगाएरै संसद् जाने

साउन २२ गते स्वास्थ्य परीक्षण गरेर साउन २६ गते सचिवालयलाई पत्र पठाइएको हो ।

स्वर्गद्वारी अपडेट | भाद्र ९ गते २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् ।

प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले स्वास्थ्य परीक्षण गरेर कालो चस्मा लगाउनै पर्ने अवस्थाका बारेमा संसद्लाई जानकारी गराएको छ ।

साउन २२ गते स्वास्थ्य परीक्षण गरेर साउन २६ गते सचिवालयलाई पत्र पठाइएको हो । डा. सचित ढकालले प्रधानमन्त्री शाहको आँखा चेक गरेर कालो चस्मा लगाउनुपर्ने सुझाव दिएका थिए ।

सोही रिपोर्ट नै प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पठाएको हो । यसअघि संसद्मा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा निषेध गर्ने निर्णय भएको थियो । प्रधानमन्त्री शाहले भोलि सांसदका प्रश्नको जवाफ दिने तयारी छ ।

यो पनि पढ्नुहोस्