प्युठान। स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको शनिबार भएको सवारी दुर्घटनामा मृत्यु भएको छ।
उपमेयर मगरले आफैं चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी सोही नगरपालिकाको वडा नं. २ बाङ्गेसल्लामा सडकबाट करिब ५०० मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको थियो।
प्रहरीका अनुसार उनी स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै थिए र दुर्घटनाका बेला गाडीमा एक्लै थिए।
घटनापछि प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको भए पनि उनको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ








