समय : १२:५८ am | बुधबार , असार २ गते २०८३

सहकारीद्धारा कृषकलाई वीमा दावी रकम भुक्तानी

राधिका भुषाल | असार २ गते २०८३

प्यूठान।नागवेली बहुउदेश्यीय कृषि सहकारी संस्थाले एक कृषिलाई वीमादावी रकम भुक्तानी दिएको छ।

प्यूठान नगरपालिका ३ स्थित साडेखोलाका युवा कृषिक उमेश आचार्यले उक्त रकम पाएका छन्।उनले केही समय अगाडि सहकारी मार्फत १ लाख ५९ हजारमा भैसी किनेका थिए।त्यो भैसी सुत्केरी भएको एक हप्तामै मृत्यु भएपछि विमा दावी रकम पाएका हुन।उनले १० प्रतिशत रकम कम गरी १ लाख ४३ हजार पाँच सय ५० रुपैया पाएका छन्।संस्थाबाट विक्री गरिने सबै भैसीहरुको विमा गरिएको संस्थाका अध्यक्ष विष्णु पाण्डेले बताए। 

अध्यक्ष पाण्डेले किसानलाई आर्थिक मर्का परेको बेला संस्थाले राहत उपलब्ध गराउन सफल भएको भन्दै खुसी व्यक्त गरेका थिए।“सहकारीले किसान र कृषिसंग सम्बन्धित संस्थालाई जोड्ने काम सहकारीले गरेको छ।”उनले भने–“किसानहरुलाई लगानी गर्ने, क्षमता विकास गर्ने र भौतिक संरचनाहरु व्यवस्थापन गर्न गरी मध्यस्त कर्ताको रुपमा सहयोग गर्ने गरेका छौं ।” सहकारीको शेयर सदस्य युवा किसान आचार्यले मेहनतको फल खाने समयमा दुखद् घटना भएको उनले सुनाए।सहकारीले आफ्ना सदस्यहरुका लागि उन्नत जातका भैसी खरिद गरी सदस्यहरुलाई विक्री गर्ने गरेको छ ।

प्यूठान नगरपालिकाका नगरप्रवक्ता एवं वडा नं. ३ वडा अधयक्ष सुमन राज श्रेष्ठ, पशु सेवा विकास शाखा प्रमुख गिरीराज पौडेल, पशु चिकित्सक डा. विष्णु के.सी , जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेल लगायतको उपस्थितीमा विमा दावी रकम हस्तान्त्रण गरिएको हो ।  

यो पनि पढ्नुहोस्