समय : ०८:४९ am | सोमबार , जेठ २५ गते २०८३

रास्वपा प्युठानको सभापतिमा बिकाश पोखरेल निर्वाचित

लव कुमार अधिकारी | जेठ २५ गते २०८३

प्युठान।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानको सभापतिमा बिकास  पोखरेल निर्वाचित भएका छन्।आइतबार भएको पहिलो अधिवेशनबाट भएको निर्वाचनको मत परिणाम अनुसार पोखरेल सभापतिमा निर्वाचित भएका हुन्।

त्यस्तै, उपसभापतिमा केशब महतारा तथा सचिवमा यज्ञबिर पाण्डे   निर्वाचित भएका छन्।सह–सचिवमा भने ओम हरि भट्टाराई निर्वाचित भएका थिए।

कोषाध्यक्ष भने पछि मनोनयन गरिने जानकारी निवर्तमान जिल्ला सभापति दिएका छन्।जिल्ला समितिका सदस्यहरूमा बिसाल पौडेल, शिशिर रिजाल र शंकर भण्डारी चयन भएका छन् ।

पदाधिकारीसँगै सदस्य पदका लागि पनि मतदान भएको थियो।पार्टीको विधानअनुसार जिल्ला समिति ११ सदस्यीय रहने व्यवस्था छ।

यसमध्ये ४ जना जना निर्बिरोध चयन भएका छन्। मनोनयन गरिएका सदस्यमध्येबाट एक जनालाई कोषाध्यक्ष बनाइने व्यवस्था छ।

अधिवेशनमा प्रतिनिधिसभा सदस्यहरू शुसांत बैदिकको सहभागिता रहेका  थियो।

रास्वपा प्युठानले जिल्लाका ९  स्थानीय तहमध्ये ८ वटा पालिकामा अधिवेशन सम्पन्न गरेपछि जिल्ला अधिवेशन आयोजना गरेको हो।

मल्लरानी गाउँपालिकामा केही वडा अधिवेशन बाँकी रहेकाले त्यहाँको पालिका अधिवेशन हुन नसकेको र बाँकी प्रक्रिया पूरा भएपछि अधिवेशन सम्पन्न गरिने जनाइएको छ ।

पार्टीको विधानअनुसार गाउँपालिकामा ११ सदस्यीय तथा नगरपालिकामा १५ सदस्यीय पालिका समिति गठन गरिएको छ ।

यो पनि पढ्नुहोस्