समय : ०९:४२ pm | शनिबार , जेठ २३ गते २०८३

प्युठानमा भरुवा बन्दुक फेला

स्वर्गद्वारी अपडेट | जेठ २३ गते २०८३

प्युठान ।प्युठानमा भरुवा बन्दुक फेला परेको छ। सरुमारानी गाउँपालिका-५ स्थित जसपुर सामुदायिक वनबाट एक थान अवैध भरुवा बन्दुक फेला परेको हो ।

अस्थायी  प्रहरी बडडाडाबाट खटिएको  प्रहरी टोलीले  उक्त भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय प्युठानका  प्रहरी उपरीक्षक एवं सुचना अधिकारीले हरि भटराईले बताए ।

वन क्षेत्रमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्