समय : ०९:३६ pm | मङ्गलबार , जेठ १९ गते २०८३

प्युठानका ८ पालिकाहरूमा रास्वपाको प्रथम पालिका अधिवेशन सम्पन्न

स्वर्गद्वारी अपडेट | जेठ १९ गते २०८३

प्युठान। रास्वपाले प्युठानले ८ वटा पालिकामा प्रथम पालिका अधिबेशन सम्पन्न गरेको छ।प्युठानका ९ पालिका मध्ये ८ पालिकामा सभापतिहरु चयन गरिसको हो

जसमा प्युठान नगरपालिकाका सभापतिमा यज्ञबिर पाण्डे, स्वर्गद्वारी नगरपालिकामा ठगेन्द्र कुमार रावल, झिमरुक गाउँपालिकामा टेक बहादुर ढकाल, गौमुखी गाउँपालिकामा सन्तोष कुँवर, नौबहिनी गाउँपालिकामा पूर्ण बहादुर पुन, माण्डवी गाउँपालिकाकामा अविशेक रसाइली, सरुमारानी गाउँपालिका कृष्ण प्रसाद आचार्य र ऐरावती गाउँपालिका बिजेन्द्र थापा सभापतिमा चयन भएका छन्।मल्लरानी गाउँपालिकामा भने सभापति चयन हुन् नसकेको रास्वपा प्युठानका उपसभापति केवश महतराले बताए।  

सम्पुर्ण पालिकामा भएको सर्वसम्मत नेतृत्व चयनले संगठनभित्रको एकता, आपसी विश्वास र लोकतान्त्रिक संस्कृतिलाई थप सुदृढ बनाउने पार्टीको धारणा छ। साथै नवगठित समितिहरूले संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि, सुशासन, पारदर्शिता र जनताका मुद्दालाई प्राथमिकतामा राखी उत्कृष्ट कार्यसम्पादन गर्ने रास्वपाको विश्वास छ ।

यो पनि पढ्नुहोस्