समय : ०६:०० pm | आइतबार , जेठ १० गते २०८३

प्युठानमा झ्याप्प–झ्याप बत्ती जाने समस्या

दिउसो तापक्रम बढेर घरको भित्ताहरुपनि तातेका हुन्छन,नुहाउँदा पनि पानी तातेर आऊछ, सबै काम सकेर सुत्न खोज्दा बत्ति झ्याप्प–झयाप्प जाने आउने हुन्छ।

स्वर्गद्वारी अपडेट | जेठ १० गते २०८३

प्युठान।यतिबेला प्युठानमा बिना सुचना बेला-बेलामा झ्याप्प–झयाप्प बत्ती जान थालेको छ।लोडसेडिङको झल्को दिने गरी बिहानको समय भन्दा रातको समयमा बढी बत्ती जान थालेको हो।

प्युठानमै उत्पादन भएको बुटवल पावर कम्पनीले बिद्युत वितरण गर्दै आईरहेको छ।आफ्नैं जिल्लामा उत्पादन भएको विद्युतले यो समयमा ग्राहकहरुलाई निकै सास्ती दिन थालेको छ।

ग्राहकहरु साना तथा मझौला उद्योग एवंम् होटल व्यवासाय गर्नेहरुलाई झन बढी सास्ती खेप्नु परेको होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्युठानका अध्यक्ष लिलाधर न्यौपानेले बताए।'रातिको समयमा अघोषित रुपमै बिजुली जाने गरेको छ।' उनी भन्छन-'दिउसो तापक्रम बढेर घरको भित्ताहरुपनि तातेका हुन्छन,नुहाउँदा पनि पानी तातेर आऊछ, सबै काम सकेर सुत्न खोज्दा बत्ति झ्याप्प–झयाप्प जाने आउने हुँदा निन्द्रा नपुग्ने र काम गर्ने जाँगर समेत लाग्दैन।' अचानक बिजुली जाने र आउने गर्दा घरमा रहेका बिद्दुतीय सामग्री समेत बिग्रने  समस्या सर्वसाधारणले भोग्नु परेको समेत अध्यक्ष न्यौपानेले बताउछन।

नदीमा पानीको वहाव कमि हुनु, भोल्टेज नपुग्नु, मुख्यतय केन्द्रीय प्रसारण लाइनमा भोल्टेज तलमाथि हुँदा पावर प्लान्ट संचालनमा कठिनाइ रहेकाले बेला-बेलामा बत्ति जाने समस्या भएको बुटवल पावर कम्पनी लिमिटेडका प्रमुख शोभाकर पन्तले  बताए।बुटवल पावर कम्पनीको बिद्युत उत्पादन क्षमता १२ मेघावाट भएपनि हाल भने ३ मेघावाट मात्र सुचारु भएको छ।केन्द्रीय विद्युत प्राधिकरणलाई समेत यस बिषयमा जानकारी गराईसकेको हुँदा अब छिट्टै बिजुली जाने समस्या अन्त्य हुने समेत प्रमुख पन्तको भनाइ छ। 

यो पनि पढ्नुहोस्